सामग्रीमा जानुहोस्

चिनियाँ

Wiktionaryबाट

चिनियाँ

नाम

वि॰ [चीन+इयाँ] चीन देशसँग सम्बन्ध भएको; चीन देशको; चीनमा पाइने; चीनी । ~ गुराँस— ना॰ चियाको फूलमा मिश्रण गरी सुधार गरिएको, बास्ना नआउने, विभिन्न रङ्गमा फुल्ने एक प्रकारको गुराँसको फूल । ~ गुलाफ— ना॰ चिनियाँ गुराँस । ~ चम्पा— ना॰ मधुर, शीतल र सुगन्धयुक्त डल्लो आकारको एक प्रकारको फूलविशेष; चीनीचम्पा । ~ च्यान्टा— ना॰ एक प्रकारको च्यान्टे वा पुड्के घोडा । ~ ताप्के— ना॰ पीँधभन्दा मुख केही सानो भई ठाडो बिट भएको, भित्रपट्टि रासायनिक मुलम्मा लगाइएको र समाउने हातोसमेत भएको धातुको ताप्के । ~ धान— ना॰ अनदी धान । ~ फूल— ना॰ सयपत्रीका जस्तै पात हुने एक जातको फूल । ~ भटमास— ना॰ काला गेडा र सेता बोक्रा हुने एक जातको भटमास । ~माटो — ना॰ विशेष प्रकारको माटो, दर्सिनढुङ्गा, फिल्सपार आदिबाट बनाइने कडा, सेतो रबको, ज्यादै मिही एक प्रकारको माटो (पोर्सिलेन) । ~ लिपि— ना॰ अलग–अलग शब्दका लागि भिन्नाभिन्नै चिह्न हुने एक प्रकारको लिपि; शब्दलिपि; चित्रलिपि ।

  1. अङ्ग्रेजी: