चाल
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नामपद
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्] ना॰ [सं॰] १. घरको छानो । २. नीलकण्ठ चरो । ३. घोडाको हिँडाइ । ४.
सेउवा । ५. हिँडडुल गर्ने जीव ।
— ना॰ [चल्] १. चल्ने वा हिँड्ने काम; चलाइ; हिँडाइ; गति । २. रीति; चलन;
प्रथा । ३. होस; ज्ञान; थाहा । ४. चेष्टा; छाँट; ढाँचा; हालत, चाला । ५. पूर्वरङ्ग;
ताल । ६. चरित्र । ७. पासा आदि खेलको गोटी चाल्ने क्रिया वा प्रक्रिया ।
— ना॰ बारीको पाटो ।
अर्थ (गति)
[सम्पादन गर्नुहोस्]चल्ने काम
उदाहरण
[सम्पादन गर्नुहोस्]ऊ पनि चार हातखुट्टा टेकेर गँगटो कै चालको अनुकरण गर्न थाल्यो।
अर्थ (बानी)
[सम्पादन गर्नुहोस्]कुनै व्यक्ति आदिले अरूप्रति गर्ने वा देखाउने व्यवहार, अथवा चरित्र
उदाहरण
[सम्पादन गर्नुहोस्]१. कोपिलाको चाल देखेर कमला रिसाई कारण।
२. मलाई तिम्रो चाल निको लागेन।
अर्थ (षडयन्त्र)
[सम्पादन गर्नुहोस्]आफ्नो लक्ष वा स्वार्थ पूरा गर्नको लागि गरिने छल-कपट वा षडयन्त्र
उदाहरण
[सम्पादन गर्नुहोस्]आर्थिक अनियमितता र भ्रष्टाचारबाट अरू टाट पल्टाउने विदेशी चालमा प्रवाहित हुने सरकारी प्रवृत्तिले देशलाई कुन अन्धकारपूर्ण भविष्यमा पुर्याउने हो।
अर्थ (हालखबर)
[सम्पादन गर्नुहोस्]कुनै समाचार वा हालखबर
उदाहरण
[सम्पादन गर्नुहोस्]भन, अचेल के चाल छ त?
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Movement