गुल्ट–नु
गुल्ट–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [गुन्टो+नु] १. थाहै नपाई एक्कासि लड्नु; पछारिनु; घुसमुन्टिनु । २. उत्तानो टाब हुनु; उभिन्डिनु । ३. प्रयास खेर जानु; फेल हुनु । ४. पराजित हुनु; हार्नु । ५. मर्नु; जिब्रो टोक्नु । ६.सखाप हुनु; बिग्रनु; नष्ट हुनु । > गुल्टाइ— ना॰ गुल्टने वा गुल्टाउने क्रिया–प्रक्रिया । गुल्टाइनु— क॰ क्रि॰ गुल्टने पारिनु; गुल्ट्याइनु । गुल्टाउनु— प्रे॰ क्रि॰ गुल्टने पार्नु; गुल्ट्याउनु । गुल्टिनु— अ॰ क्रि॰ १. अचानक लड्नु; पछारिनु । २. मुन्टाको भर पर्नु; उभिन्डिनु । ३. असफल हुनु; फेल हुनु । ४. हार्नु । ५. मर्नु । ६. बिग्रनु; नष्ट हुनु । गुल्ट्याइ— ना॰ गुल्टिने क्रिया वा प्रक्रिया । गुल्ट्याउनु— प्रे॰ क्रि॰ १. पछार्नु; लडाउनु । २. मुन्ट्याउनु; उभिन्ड्याउनु । ३. हराउनु; पराजित गर्नु । गुल्ट्याहट— ना॰ गुल्टिने स्थिति वा क्रिया–प्रक्रिया; गुल्ट्याइ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: