सामग्रीमा जानुहोस्

गुडगुड

Wiktionaryबाट

गुडगुड

क्रियाविशेषण

क्रि॰ वि॰ [अ॰ मू॰ गुड्+अ(बि॰)] १. डल्लो वा बाटुलो वस्तु गुड्दा आवाज आउने किसिमले । २. वायुविकारले पेट कराउने चालमा । ना॰ ३. पानी भरेको हुक्कामा तमाखु खाँदा आवाज निस्कने किसिम । > गुडगुडाइ— ना॰ गुडगुडाउने क्रिया वा प्रक्रिया । गुडगुडाइनु— क्रि॰ बाटुलो वस्तु गुड्ने गरी लडाइनु; गुडाइनु । गुडगुडाउनु— स॰ क्रि॰ १. बाटुलो वस्तु गुड्ने गरी पठाउनु; गुडाउनु । २. पेट कराउनु; पेटमा गुडगुड आवाज आउनु । ३. हुक्का गुडगुड गर्ने गरी तमाखु खानु । गुडगुडाहट— ना॰ गुडगुडाउने क्रिया वा अवस्था; गुडगुडाइ । गुडगुडे— १. सेतो नाथ्री र खैरो कालो रबको बोक्रो भएको गेडा फल्ने मार्सी जातको धान । २.गुडगुड आवाज आउने कसकुट वा पित्तल आदिको ढलौटे हुक्का । वि॰ ३. गुडगुड आवाज निकाल्ने ।

  1. अङ्ग्रेजी: