गणेश
स्वरूप
गणेश
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. हात्तीको जस्तो टाउको र मानिसको शरीर भएको, निर्विघ्नताका प्रतीक मानिने एक देवता; गणपति; विनायक । २. गण वा दलको मालिक । ३. सेनापति; सेनाध्यक्ष । ~ चतुर्थी— ना॰ गणेशका व्रतको लागि उत्तम मानिएको भाद्र शुक्ल पक्षको र माघ कृष्ण पक्षको चतुर्थी (भाद्र शुक्ल चौथीका दिन चन्द्रमा हेर्नु हुँदैन र हेरियो, देखियो भने अर्काको फलफूल बिमाख गरे दोषमुक्त होइन्छ भनेर चौथी हान्ने चलन छ) । ~ चौथी — ना॰ गणेश–चतुर्थी । ~ पुराण— ना॰ गणेशको माहात्म्य वर्णन भएको एक पुराण । ~ पूजा— ना॰ जुनसुकै शुभ कार्यका प्रारम्भमा निर्विघ्न कार्यसमाप्तिको कामना गरी सिद्धिदाताका रूपमा गरिने गणेशको पूजा । ~ हिमाल— ना॰ नेपाल अधिराज्यको धादिब जिल्लामा पर्ने ७,४०९ मिटर अग्लो, हिउँ नै हिउँले ढाकिएको एक पर्वतश्रेणी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: