खेल्–नु
स्वरूप
खेल्–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [सं॰ खेल्+नु] १. धन लगाएर वा नलगाईकन हारजितको बाजीमा सम्मिलित हुनु; तासजुवा आदिको खेलमा सामेल हुनु । २. मन बहलाउन, व्यायाम गर्न वा समय बिताउनका निम्ति कुनै खेलबाडमा भाग लिनु; राष्ट्रिय वा अन्तरराष्ट्रिय आदि खेलप्रतियोगितामा सामेल हुनु । (उदा॰— यस वर्षको फुटबल प्रतियोगितामा विदेशबाट पनि केही टिम फुटबल खेल्न आउँदै छन्) । ३. नाटक आदिमा अभिनय गर्नु; नाचतमासा गर्नु । ४. व्यापारमा पैसा लगाउनु; उद्योगव्यवसायमा धन खर्च गर्नु । अ॰ क्रि॰ ५. मनमा शब्द, विचार आदिको तर्कवितर्क उब्जनु; भएनभएका कुरा मनमा उब्जनु । ६. आफूभन्दा बलियोसँग जुध्नु । (उदा॰— ऊ बाघसँग खेलिरहेको छ) । ७. हावाले हाँगा, पात आदि हल्लनु । ८. हर्ष आदिले मन प्रसन्न हुनु । (. साना बालकहरू कुनै वस्तु, विचार वा चालमा एक्लै वा सामूहिक रूपमा अलमलिनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: