सामग्रीमा जानुहोस्

खलबल

Wiktionaryबाट

खलबल

अकर्मक क्रिया

ना॰ [खल+बल] १. कुनै झैझगडा पर्दा धेरै मानिस कराउनाले भएको हल्लाखल्ला; बाझाबाझ गरेको आवाज; खल्याबमल्याब । २. कुनै अन्यायअत्याचारका विरोधमा उठेको सामूहिक आवाज; होहल्ला । > खलबलाइ— ना॰ खलबल गर्ने वा खलबलाउने काम । खलबलाइनु— अ॰ क्रि॰ मन डगडग होइनु; तुलबुलाइनु । खलबलाउनु— अ॰ क्रि॰ मन डगडग हुनु; तुलबुलाउनु । खलबलिनु— अ॰ क्रि॰ १. मिलेर बसेको कुनै कुराको तह वा क्रम बिग्रनु; गडबडिनु । २. खलबल मच्चिनु; अशान्ति मच्चिनु; हल्ला हुनु । ३. कामको वा वस्तुको सिलसिला नमिल्नु । खलबली— ना॰ खल्याबमल्याब; खैलाबैला; होहल्ला; खलबल । खलबले— वि॰ खलबल गर्ने; ठूलो स्वरले धेरै बोल्ने; हल्ला मच्चाउने । खलबल्याइ— ना॰ खलबल्याउने क्रिया वा प्रक्रिया । खलबल्याइनु— क॰ क्रि॰ खलबल गरिनु; हल्ला मचाइनु ।

  1. अङ्ग्रेजी: