सामग्रीमा जानुहोस्

काम२

Wiktionaryबाट

काम२

नाम

ना॰ [प्रा॰ कम्म < सं॰ कर्मे १. कुनै कुरा, उद्योग वा प्रयोजनका लागि हात–खुट्टा आदि शारीरिक अङ्ग चलाएर गरिने कार्य; मन वा बुद्धि खियाउने प्रक्रिया वा स्थिति; दस– नङ्ग्राखियाइ । २. कुनै पनि कार्य वा क्रिया (उद्योगधन्दा, इलम–व्यवसाय, पठनपाठन इ॰) । ३. गर्नुपर्ने कर्म, कार्य, व्यापार । ~ काज— ना॰ काम र काज; उद्योगधन्दा; इलम; व्यवसाय; रोजगार । ~ काजी— वि॰ कुनै नोकरी, पेसा वा काममा लागेको; रोजगार समातेको; इलमी । ~ कारबाई/कारबाही— ना॰ कुनै काम, उद्योगधन्दा वा व्यवसायका लागि गरिने चाँजोपँाजो; बरबन्दोबस्त; कारोबार । ~ कुरो— ना॰ १. गर्नुपर्ने वा टुङ्गो लाउनुपर्ने कुनै कामधन्दा आदि; काम र कुरो । २. केटा र केटीको विवाह हुने कुरो पक्कापक्की गर्ने वा छिन्ने काम (कामकुरो छिन्नु) । ~ चलाउ— वि॰ १. अस्थायी कालका निम्ति जसोतसो कामसम्म चलाउने वा चल्ने; तत्कालीन आवश्यकता र प्रयोजनका निम्ति मात्रको । २. पूरापूर काम दिन नसक्ने । ~ चोर— वि॰ १. गर्नुपर्ने काम नगरी छली–छली हिँड्ने वा ठग्ने । २. काम नै नगर्ने वा नरुचाउने; उत्तरदायित्वबाट पन्छने बानी भएको । — जरो— ना॰ एनोफिलिस् जातको लामखुट्टेले टोकेर मानिसको शरीरमा प्रोटोजुवा सारिदिएपछि लाग्ने एक प्रत्यावर्ती सङ्क्रामक रोग; कम्प छुट्ने ज्वर; औलो जरो; औलिया ज्वर; मलेरिया ।

  1. अङ्ग्रेजी: