काठे
काठे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [काठ+ए] १. काठको; काठसम्बन्धी; काठमा हुने । २. काठ वा छोक्रा धेरै भई रस कम भएको । ना॰ ३. लिङ्गका अखटामा देखापर्ने गन्हाउने सेतो पदार्थ । ~ अमला— ना॰ ससाना गेडा हुने एक जातको अमला । ~ उखु— ना॰ काठझैँ साह्रो हुने एक प्रकारको उखु; ढोडे उखु । ~ किरो— ना॰ काठमै उत्पन्न भई काठ खाएरै बाँच्ने एक कीरो । ~ केरा— ना॰ कोसामा साह्रो नसा हुने एक जातको केरा । ~ चाँप— ना॰ पहेँलो फूल फुल्ने, राता गेडाका झुप्पा लाग्ने, सेतो काठ हुने एक जातको चाँप; वनचाँप । ~ च्याउ— ना॰ रूखमा उम्रने, सेतो वा खैरो रङ्गको डाँठ हुने एक प्रकारको च्याउ । ~ ज्यामिर— ना॰ पहेँलो बोक्रा हुने एक खालको ज्यामिर; नाइटे ज्यामिर । ~ डुम्री— ना॰ एक जातको डुम्रीको रूख । ~ न्याउरी— ना॰ न्याउरीमुसोको एक प्रकार । ~ पिपल— ना॰ पीपलको जस्तो पात भई ठूलठूला पहेँला फूल फुल्ने र गोल फल फल्ने रूखविशेष वा त्यसैको फल; फलीश । — पाते— वि॰ काठपातसम्बन्धी; काठपातबाट तयार पारिएको; काठको । ~ फुसी— ना॰ जननेन्द्रियमा उब्जने गन्हाउने मयल । ~ मन्सरा— ना॰ मोटो–मोटो हुने मन्सरा जातको धान वा त्यसको चामल ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: