काँटा२
स्वरूप
काँटा२
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ कण्टके १. सुनचाँदी जोख्ने सानो तुलो वा मालताल जोख्ने ठूलो तुलो; तराजु । २. त्यसरी मालसामान जोख्ने तुलाका डन्डी सोझिएको देखाउने जिब्री । ३. खानेकुरो खाँदा प्रयोग गरिने चुच्चाचुच्चा परेको चम्चा । ४. आइमाईहरूले कपालको शृङ्गार गर्दा प्रयोग गर्ने चेपुवा वस्तु; चिम्टी । ५. इनार, कुवा आदिमा खसेका कुनै वस्तु बाहिर झिक्न प्रयोग गरिने अङ्कुसे । ६. माछा आदि जलजन्तु समात्ने चुच्चे चिम्टी । ७. स्वेटर आदि हातले बुन्दा प्रयोग गरिने सुइरो । ८. काँढो; कण्टक । ~ चम्चा— ना॰ आधुनिक चलनमा खानेकुरो खाँदा सँगसँगै प्रयोग गरिने काँटा र चम्चा; काँटीचम्चा । — वाल— वि॰ काँटा भएको वा हुने ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: