कलम३
कलम३
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. बाँस, निगालो वा धातुबाट बनेको लेख्ने साधन; लेखनी । २. धानको नलजस्तो भित्र प्वाल परेको डाँठ हुने सानो बाँस; एक जातको निगालो, सर । ३. असारमा रोपेर मङ्सिरमा पाक्ने एक जातको धान । ४. तस्वीर बनाउने हाते कूची; चित्र लेख्ने साधन । — जीवी— वि॰ १. कलमकै भरमा परिश्रम गरेर जीविका चलाउने; लेखनवृत्तिका आडमा बाँच्ने; लेखक । — दान/दानी— ना॰ कलमको सुरक्षाका लागि टुप्पोपट्टिबाट घुसार्ने ढुङ्ग्रोको आकारको भाँडो; कलमदाप । — दाप— ना॰ कलमदान/कलमदानी । — नाम— ना॰ सामान्य व्यवहारमा चल्ती गरिनेभन्दा भिन्न नाम; लेखरचनामा कहिलेकाहीँ प्रयोग गरिने छद्मनाम; फुल नाम; उपनाम; । — बाज— वि॰ १. लेख्ने पेसा अँगालेको; कलमजीवी । २. वादी– प्रतिवादी लेख्न र स्याहास्रेस्ता मिलाउनमा पोख्त । ~ हडताल— ना॰ सम्बन्धित उच्च निकायका सामु आ६ना मागहरू राखी कर्मचारीहरूले कार्यालयमा हाजिर भएर पनि तोकिएको काम नगर्ने एक प्रकारको हडताल; हाजिर भएर पनि लेखपढको काम नगर्ने जिद्दी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: