सामग्रीमा जानुहोस्

उद्बोध

Wiktionaryबाट

उद्बोध

नाम

ना॰ [सं॰] १. बोध वा ज्ञान प्राप्त हुने काम; जागृति; जागरण । २. फेरि पनि हेक्का हुने स्थिति वा क्रिया; अनुस्मरण । श्र उद्बोधक— वि॰ १. बोध वा ज्ञान गराउने; सम्यक् ज्ञान दिने । २. सम्झना दिलाउने । ३. उद्दीप्त गराउने; जगाउने । उद्बोधन— ना॰ १. बोध वा ज्ञान गराउने क्रिया वा भाव । २. बिउँझाउने वा जाग्रत् गराउने काम । उद्बोधित— वि॰ बोध गराइएको; ज्ञान गराइएको । उद्बोधनीय— वि॰ उद्बोधन गर्न लायक; ज्ञान गराउन योग्य; बिउँझाउन उचित ।

  1. अङ्ग्रेजी: