सामग्रीमा जानुहोस्

अर्ध/अर्द्ध

Wiktionaryबाट

अर्ध/अर्द्ध

नाम

वि॰ [सं॰] १. आधा; सिङ्गोलाई दुई भाग गर्दा बन्ने एक भाग । २. खण्ड; टुक्रा । > अर्धङ्गी/अर्धङ्बी— वि॰ १. बेढङ्गी; अर्धसिल्ली; एकोहोरो । २. आधा शरीर मात्र चल्ने; पक्षाघात भएको । अर्धङ्ग्या्यँ— ना॰ अर्धङ्गी हुनाको भाव वा अवस्था; अर्धङ्गी अवस्था; अर्धङ्गीपना । ~ चन्द्र— ना॰ १. आधा मात्र देखिएको चन्द्रमा; अष्टमीका दिनमा देखिने चन्द्रमा । २. मयूरका प्वाँखमा भएको अर्धवृत्त बुट्टाग् चन्द्रिका । ३. स्त्रीको कुचमर्दन गर्दा स्तनमा हुने नबको चिह्न; नखक्षत । ४. अर्धवृत्ताकार बाण । ५. अक्षरका शिरमा लगाउने अर्धवृत्त चिह्न; चन्द्रविन्दु; जूनटिकी । ६. घोक््रयाउँदा गर्धनमा लगाइने हातको मुद्रा । ~ चन्द्राकार— ना॰ १. अर्धचन्द्रको जस्तो आकार; अर्धवृत्ताकार । २. आधा बाटुलो । ~ चन्द्राकृति— ना॰ अर्धचन्द्रको जस्तो आकृति; अर्धवृत्ताकृति । — चल जोर्नी— ना॰ शरीरको एकापट्टि मात्र चल्ने जोर्नी; घुँडो, कुहिनु आदिको जोर्नीजस्तो पूरै नचलेर औँलाका टुप्पादेखि मुन्तिर मणिबन्धमा रहने जस्ता आधा मात्र चल्ने जोर्नी । — चेतन/चेतना— वि॰ १. पूर्ण रूपले चेतनशील पनि नभएको र पूरै मात्रामा बेहोस पनि नभएको (मन॰ । ना॰ २. आधा लट्ठिएको वा लट्ठ्याइएको अवस्था । —

  1. अङ्ग्रेजी: