सामग्रीमा जानुहोस्

अन्डर

Wiktionaryबाट

अन्डर

नाम

ना॰ [अङ्॰] १. कसैको मातहत, अधीन, नियन्त्रण वा देखरेख । २. कसैभन्दा तल वा मनि रहेको स्थिति (उदा॰— आ६ना अन्डरमा काम गर्ने कर्मचारी वा जनशक्तिको भावना नबुझ्ने हाकिम सफल हुन सक्तैन रू) । ~ पाइन्ट/पेन्ट/प्यान्ट— ना॰ शरीरको तल्लो भागमा लगाइने एक प्रकारको सानो छोटो भित्री अधोवस्त्र; ्यँजारघर वा ग्याँटिस आदि राखी त्यस आधारमा कम्मरमा वा कम्मरमनि बाँधिने, शरीरको कम्मरमनिको तल्लो भागमध्ये पछिल्तिरको पुट्ठो र चाक तथा अगिल्तिरको मूत्राशयसम्मको भाग ढाक्ने तथा दुवै तिघ्राको फिलाको माथिल्लो केही भाग पनि ढाक्ने गरी दुई पाटा जोरी सिइएको र अग्रभागमा टाँक वा चेन लगाई केही भाग खोल्न र बन्द गर्न सकिने भएको वा नभएको भित्री वस्त्र; सानो जाँघिया वा जाँघे; भित्री कट्टु; कच्छा । ~ लाइन— ना॰ अधोरेखाङ्कित गर्ने काम; अधोरेखा; अधोरेखाङ्कन; कच; ढाक । ~ वियर/वेयर— ना॰ हे॰ अन्डरपाइन्ट ।

  1. अङ्ग्रेजी: