अध्यादेश

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

सङ्खेय नाम

अर्थ[सम्पादन गर्नुहोस्]

- संसद नभएको बेला सरकारको सिफारिसमा राष्ट्राध्यक्षबाट निश्चित अवधिका लागि जारी गरिने कानुनी आदेश; अस्थाइ कानुन/ -संसदको अधिवेशन वा बैठक चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेको छ भन्ने कुरामा राष्ट्रपति सन्तुष्ट भएमा संविधानमा लेखिएका कुराहरुको प्रतिकूल नहुने गरी मन्त्रिपरिषद्को सिफारिसमा आवशयक अध्यादेश जारी गर्न सक्नेछ ।

यसरी जारी भएको अध्यादेश ऐनसरह मान्य हुनेछ । तर त्यस्तो प्रत्येक अध्यादेशः

(क) जारी भएपछि बसेको संसदको बैठकमा पेश गरिने छ । त्यस्तो बैठकले स्वीकार नगरेमा स्वतः निष्कृय हुनेछ ।

(ख) राष्ट्रपतिबाट जुनसुकै बखत खारेज हुन सक्नेछ ।

(ग) यदि यसरी खारेज नभएमा वा निष्कृय नभएमा संसदको बैठक बसेको साठी दिनपछि स्वतः निष्कृय हुनेछ ।

उदाहरण[सम्पादन गर्नुहोस्]

१. अध्यादेश मार्फत अनुमोदन गर्न सकिने महासन्धि अनुमोदनका लागि मन्त्रालयले गृहकार्य गरेको छैन ।

२. अध्यादेशहरूको भरमा मुलुक चलिरहेको छ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:Ordinance