अँगाल्नु

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

एककर्मक क्रिया

अर्थ[सम्पादन]

एक वा दुवै हातले अर्काको गर्धन बेर्नु

उदाहरण[सम्पादन]

१. लोग्नेले सुशीलाको सुकुमार गोलो गर्धनमा हात पुर्याएर अँगाल्यो।

अर्थ[सम्पादन]

कुनै नीति वा सिद्धान्त अनुसरण गर्नु

उदाहरण[सम्पादन]

१. कलाकारले कुनै न कुनै वादलाई अंगालेको हुन्छ। २. नेपालले प्रतिनिधित्वपूर्ण संसदीय प्रजातन्त्रका औपचारिकताहरू अँगाल्यो।

अर्थ[सम्पादन]

कुनै पेसामा लाग्नु

उदाहरण[सम्पादन]

१. मानिसहरूले होटल, साइबर क्याफे, बेकरीलगायतका पेशा अँगालेका छन्। २. गन्धर्वहरू गानबजानलाई नै पुर्ख्यौली पेसाको रूपमा अँगाल्छन् ।

अर्थ[सम्पादन]

स्वीकार गर्नु

उदाहरण[सम्पादन]

१. सुकरातले मृत्युलाई अँगाले। २. दार्जीलिङतिर जमेको मिश्रित गोर्खाली समाजले छिटै नै 'लिन्ग्वा फ्रान्का'का रूपमा नेपाली भाषालाई अँगाल्यो।

अर्थ[सम्पादन]

प्रयोग गर्नु

उदाहरण[सम्पादन]

१. राजनीतिक दल राजाको चौकी भत्काउन त्यही भारतीय कारीगरलाई अँगाल्छन्। २. 'यात्री' र 'भिखारी' जस्ता कविताहरूले लयात्मकतालाई अँगालेका छन्। ३. सुन्दर जीवनलाई भन्दा बाल्जाकेली उपन्यासहरूले हिंसा र कुरूपतालाई अँगालेका छन्।

अर्थ[सम्पादन]

कुनै कुराको पक्ष लिनु

उदाहरण[सम्पादन]

१. भुटानले नेपाल र नेपाली मूलका भुटानीप्रति नकारात्मक दृष्टिकोण अँगाल्यो। २. भारत सरकारले पनि संयुक्त राष्ट्र सङ्घलाई यस्तो भूमिका खेल्न नदिने दृष्टिकोण अँगालेको छ।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: to embrace