चरण

Wiktionaryबाट

3- e

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. पाद; पाउ; पयर; गोडा । २. श्लोकको एक पङ्क्ति; चौथाइ अंश । ३. वेदको एक शाखा वा सम्प्रदाय । ४. वंश; पुस्ता । ५. स्तम्भ । ~ कमल— ना॰ कमलको फूलजस्तो पाउ वा पादतल; चरणपद्म; चरणारविन्द (मान–मर्यादा जनाउँदा प्रयोग गरिने शब्द) । ~ चिह्न— ना॰ पाउको चिह्न; कुनै चीजमाथि परेको पाइलाको डोब । — तल— ना॰ पैतालो; पादतल । — न्यास — ना॰ कदम; पाइला । ~ पादुका— ना॰ १. खराउ । २. ढुङ्गा आदिमा कुँदेर पूजा गर्ने हेतुले बनाइएको पादचिह्न । — युगल — ना॰ दुई पाउ; दुई खुट्टा । ~ रेखा— ना॰ पादचिह्न; चरणचिह्न । ~ सेवा— ना॰ १. आफूभन्दा ठूला वा बडाको सेवा; मान्यजनको सेवा । २. पाउ दाब्ने वा मिच्ने काम । — सेवी— ना॰ १. सेवक; नोकर; भक्त । वि॰ २. सेवा गर्ने ।

उदाहरण[सम्पादन गर्नुहोस्]

१. गुरूको चरण स्पर्श गरेर ढोग।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=चरण&oldid=76789" बाट अनुप्रेषित