आइमाई

Wiktionaryबाट

आइमाई


पद वर्ग 

नाम ना॰ [सं॰ आर्यामाता १. स्वास्नीमान्छे, नारीजाति; महिला ।

अर्थ 

संस्कृतको आर्यामाता शब्दबाट अपभ्रंश भएर 'आइमाई' बनेको हो । आर्याको अर्थ सम्माननीय महिला वा सबैले मान्ने महिला हुन्छ भने माताको अर्थ आमा हो ।

हामीलाई चाहिएको सम्मानित शब्द हो । त्यसमा पनि सरकारी निकाय, सामाजिक समारोह, सार्वजनिक कार्यक्रम, नीतिनिर्माण तहमा सम्मानजनक शब्दको प्रयोग हुनुपर्छ । अरूको सम्मानमा आँच पुग्ने शब्दको प्रयोग कसैले कसैलाई पनि गर्नु हुँदैन भन्ने आशयले यस्ता शब्दको प्रयोगमा असहमति जनाउने, विरोध गर्ने र विकल्पमा अन्य शब्दको प्रयोग गर्न प्रेरित गरिएको हो ।नेपालमा बनेका पहिलेका कानुनहरुमा पनि आइमाई शब्दको प्रयोग भएको पाइन्छ तर पछिल्लो समयमा ति शब्द संशोधन गरेर महिला लेखिएको पाइन्छ I


सम्पादन किरण न्यौपाने बिराटनगर