अङ्क

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

एकदेखि नौसम्मका गन्ती बुझाउने सङ्ख्या

उदाहरण[सम्पादन गर्नुहोस्]

महल मोटर नदेख्नेले फारमका अङ्क देखला?

अर्थ[सम्पादन गर्नुहोस्]

पत्रपत्रिकाको एकपटकको प्रकाशन

उदाहरण[सम्पादन गर्नुहोस्]

हिमालको अहिलेसम्म चारवटा अङ्कमा मात्र साहित्यिक सामग्री समेटिएको छ।

अर्थ[सम्पादन गर्नुहोस्]

नाटकको खण्ड वा अध्याय

उदाहरण[सम्पादन गर्नुहोस्]

आठौँ अङ्क सातौँ दृश्यका ऐडविललाई देखेपछि पनि ऐडविलको पतनको चरम सीमा पुगेन भन्नु अन्याय हो जस्तो लाग्छ।

अर्थ[सम्पादन गर्नुहोस्]

मूल्याङ्कन गरेर गुण वा योग्यताको तह बुझाउन प्रयोग गरिने सङ्ख्या

उदाहरण[सम्पादन गर्नुहोस्]

एसएलसी त राम्रो अङ्क ल्याएर पास गर्नै पर्यो।

अर्थ[सम्पादन गर्नुहोस्]

सङ्ख्यामा व्यक्त गरिएको परिमाण

उदाहरण[सम्पादन गर्नुहोस्]

१. नेपाल भित्रिने रेमिटेन्सको अङ्क

२. मुद्रास्फीति अहिलेकै अङ्कमा स्थिर रहन्छ भन्ने छैन।

अर्थ[सम्पादन गर्नुहोस्]

गन्ती बुझाउने सङ्ख्या लेख्न प्रयोग गरिने चिह्न

उदाहरण[सम्पादन गर्नुहोस्]

शून्यले आफूभित्र ओगटेको ठाउँ त अरू अङ्कको भन्दा ठूलै हुन्छ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: